ट्वाइलेटको पानीबाट ५० बस चले, बागमतिको दुर्गन्धबाट पनि बस चलाउन संभव !


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

ट्वाइलेटको पानी समेत कसैले खरीद गर्छ भन्ने कुरा सुन्दा तपाई अचम्ममा पर्नुहोला । तर, योे सत्य कुरा हो । भारतको नागपुरमा सरकारी एजेन्सीहरुले ट्वाइलेटको पानी एक कम्पनीलाई ७८ करोड भारुमा बिक्री गरिदिए । अब त्यसबाट नागपुर शहरमा ५० वटा एसीजडित बसहरु चलाउने तयारी गरिएको छ । केन्द्रीय परिवहन मन्त्री नितिन गड्करीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएअनुसार नागपुरमा वैकल्पिक उर्जालाई लिएर कैयन प्रयोगहरु गर्न थालिएको छ । यसमध्ये एउटा ट्वाइलेटको पानीबाट बायो सिएनजी निकालेर त्यसबाट बस चलाउने योजना समेत कार्यान्वयनमा ल्याइएको छ । अहिले पनि यस्ता ५० वटा बस चलिरहेका छन् ।

गंगाको दुर्गन्धबाट ग्यास निकालिने, २६ शहरमा बस चलाइने

गड्करीले भनेका छन् कि पेटोलियम मन्त्रालयको अधीनमा काम गर्ने तेल वा ग्यास कम्पनीसँग एक सम्झौता गरिएको छ, जसअन्तर्गत गंगा किनारामा रहेका २६ शहरलाई त्यसको प्रत्यक्ष फाइदा पुग्नेछ । उनले बताएका छन् कि पानीको दुर्गन्धबाट निस्किने मिथेन ग्यासबाट बायो सिएनजी तयार गरिनेछ र यसबाट २६ शहरमा सिटी बस चलाइनेछ । यो कामबाट ५० लाख युवाले समेत रोजगारी पाउने बताइन्छ । यसबाट गंगाको सफाई समेत हुने गड्करीको दाबी छ ।

गड्करीलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइएअनुसार कोइलाबाट मिथेन निकालेर निकट भविष्यमै मुम्बई, पुणे र गुहावटीमा सिटी बस चलाउने तयारी समेत थालिएको छ । उनका अनुसार भारतमा ६२ भारु प्रतिलिटर पर्ने डिजेलको हाराहारीमा काम गर्ने मिथेनको मूल्य १६ भारु मात्र पर्नेछ । उनका अनुसार भारतका वैकल्पिक उर्जा उत्पादनका लागि कैयन प्रयोगहरु भइरहेका छन् । भारतले जसरी दुर्गन्धबाट मिथेन निकालेर बस चलाउन खोजिरहेको छ, त्यसलाई अनुसरण गर्दै नेपालले समेत सो काम गर्न सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैयन हप्तादेखि थालिएको बागमति सफाई अभियानले प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा यहाँ पनि बागमतीको दुर्गन्धित पानीबाट मिथेन निकालेर काठमाण्डौ उपत्यकामा सिटी बस चलाउन सकिन्छ । देशका अन्य क्षेत्रमा समेत सार्वजनिक शौचालयको पानीबाट ग्यास निकालेर त्यहाँ समेत बस चलाउन सकिने संभावनाको ढोका भारतको यो प्रयोगबाट खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com