मलेसियामाथिको शानदार जितपछि नेपालका कप्तान पारसको विश्वभरी प्रशंसा : भने कप्तानी त यस्तो पो !


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

मलेसियामा जारी आइसिसी विश्व टी–ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । आज भएको खेलमा घरेलु टिम मलेसियालाई आठ विकेटले पराजित गर्दै दोस्रो खेलमा पनि नेपाल विजयी भएको हो । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले २ विकेटको १२.४ ओभरमा भेट्टायो ।

नेपालका लागि आज कप्तान पारस खड्काले अर्धशत प्रहार गरे । उनले ३७ बल खेल्दै ५२ रनमा अविजीजत रहे । उनले पाँच चौका र २ छक्काको मद्दतले सो रन बनाएका हुन् । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल २७ रनमा अविजीत रहे । उनले २ चौका र एक छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहेका हुन् । यसअघि नेपालले २ विकेट सस्तैमा गुमायो । पहिलो विकेटका रुपमा नेपालका अनिलकुमार शाह १ र विनोद भण्डारी १२ रनमा आउट भएका थिए ।

बलिङमा मलेसियाका पवनदिप सिंह र सायदले समान एकएक विकेट लिए । यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै १०१ रन बनाएको थियो । आज उसका लागि मोहम्मद सरफिले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ रन लिन सफल भए ।

कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो । यो खेलमा नेपालका कप्तान पारस खड्काको खुबै प्रशंसा गरिएको छ । विश्वसमुदायले नै वाऊ कप्तानी त यस्तो पो त भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com