सिडिओले खारेज गरे मन्त्री महासेठको निर्णय, सार्वजनिक यातायातमा पुरानै भाडादर कायम


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएकोबेला खोटाङमा भने पुरानै भाडा दरलाई कायम राखिएको छ। १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बृद्धि गरिएसँगै असोज ९ गतेदेखि भाडा बढाइएको जिल्लामा केही समयपछि पुरानै भाडा दरलाई कायम गरिएको हो।

नजिकिँदै गरेको दशैं, तिहार र छठमा आवत–जावत गर्ने यात्रुलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले आइतबार बोलाएको यातायात व्यवसायी र प्रशासनको बैठकले केही समयअघि लागू गरिएको १० प्रतिशत भाडा बृद्धिलाई कायम नगरी पुरानै भाडा दरलाई यथावत राख्ने निर्णय गरेको हो।

सरकार र यातायात व्यवसायीबीचमा मुलुकभर १० प्रतिशतले सार्वजनिक यातायातको भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई मध्यनजर गर्दै जिल्लामा साबिककै भाडा कायम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पाण्डेले बताए।

असोज ९ गतेदेखि १० प्रतिशतले भाडा बढाएका यातायात व्यवसायी प्रशासनको पहलमा पुरानै भाडा दर कायम गर्न सहमत भएका हुन्। कतिपय यातायात व्यवसायीले भने पुरानो भाडा दरभन्दा पनि कम दरमा यात्रुलाई ओसार–पसार गर्न तयार रहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकार र यातायात व्यवसायीबीचमा सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमति भए पनि जिल्लामा सो अनुसार भाडा नबढाउने निर्णयले यात्रुलाई केही राहत मिलेको छ। दशैंतिहारको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गरिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com