कछुवा गतिमा अनुदान सम्झौता


प्रकाशित मिति : मंसिर २१, २०७३ मंगलबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले मंसिर १५ गतेभित्र नै काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे पनि उक्त योजनाअनुसार काम हुन सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकाे निर्देशक समितिको बैठकले मङ्सिर १५ गतेभित्रै उपत्यकाका भूकम्पपीडितसँग सम्झौता सक्ने निर्णय गरे पनि हालसम्म ६२ प्रतिशत लाभग्राहीसँग मात्र सम्झौता हुन सकेको छ ।

काठमाडौँँ जिल्लामा रहेका साढे ४२ हजार लाभाग्राहीमध्ये ३१ हजार नौ सयसँग मात्र सम्झौता भएको छ भने १० हजार ८३२ जनाको गुनासो दर्ता भएको छ । काठमाडौँका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारी भने लक्ष्यअनुसार कार्य भएको दाबी गर्छन् । उनी विभिन्न कारणले छुटेका परिवार मात्र बाँकी रहेको बताउछन् । सोमबारदेखि नै पीडितको खातामा रकम जम्मा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत रकम निकासा भइसकेको पनि उनले बताए ।

त्यस्तै ललितपुरमा २५ हजार ५०६ मध्ये ११ हजारसँग सम्झौता भएको छ भने पाँच हजार गुनासो दर्ता भएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले जानकारी दिए । ललितपुरका कतिपय स्थानमा पीडितको नाम छुट भएको र त्यसको समाधान नभई सम्झौताको कार्य अगाडि बढाउन अवरोध गरेको पनि उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लामा सुकुम्बासीको समस्या, नापी नभएका जग्गाको समस्यालगायत दर्जनौँ समस्या रहेकाले पनि सम्झौतामा लक्ष्यअनुसार प्रगति हुन नसकेको उनको भनाइ छ । आइतबार जिल्ला समन्वय समितिको बैठक सोमबार बसेकाले धेरै समस्या समाधान हुने विश्वास उनको छ । आगामी एक सातामा कार्य प्रगति निकै अगाडि बढ्ने उनको दाबी छ । भक्तपुरमा २६ हजार ६६ भूकम्पपीडितमध्ये १६ हजार ६३२ मात्र हालसम्म सम्झौता गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना इकाईले जनाएको गाेरखापत्रमा खबर छ ।

प्रचण्ड नेतृत्वको सरकारले पीडितलाई आवास निर्माण गर्न तीन लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरे पनि सोही अनुरूपको परिमार्जित कार्यविधि मन्त्रिपरिषद्बाबाट पारित हुन ढिलाइ भएपछि दोस्रो किस्ताको निकासी गर्न ढिलाइ भएको छ । परिमार्जित कार्यविधिको मस्यौदालाई छिटै मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com