नेपालमै छ सबै तीर्थ घुमेको फल एकैठाँउ पाइने यो अद्भुत परशुराम धाम


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

स्कन्दपुराणको मानसखण्डमा उल्लिखित यो भनाइले नै परशुराम धामको धार्मिक महत्त्व दर्शाउँछ। भगवान् विष्णुका दस अवतारमध्ये परशुराम अवतार भएको धाम डडेल्धुराको परशुराम नगरपालिकामा रहेको छ। एकातिर चुरे पर्वत श्रृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुराम धाम महाकाली नदीको किनारमा रहेको छ। धार्मिक महत्त्व महाभारतबाट निस्किएको रंगुन नदी र मानसरोवरबाट निस्किएको श्यामा, सरयु र महाकाली नदीको संगमस्थलका रूपमा परिचित परशुराम धामको धार्मिक ग्रन्थहरुमा समेत उल्लेख गरिएको पाइन्छ। स्कन्द पुराणमा उल्लेख भए अनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए।

सत्ययुगमा पनि यही भूमीमा परशुराम अवतार भएको परशुरामधामका संरक्षण कालुनाथ योगीले बताए। योगीले भने, ‘जमदग्नि, भृगु र गर्ग ऋषिको तपस्थलहो परशुरामधाम।’ नेपाल र भारतको सिमानाका रुपमा रहेको महाकाली नदीको किनारमा थपक्क बसेको छ पशुराम मन्दिर। मन्दिर दुई नदी बिचमा रहे पनि महाकालीको बहावले कुनै क्षति पुर्‍याउन सकेको छैन।

नजिकको तीर्थ हेला यसै क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वर–पीपल समेत छन्। साथै, परशुराम स्नानघाट, बाङ्घाट र भागेश्वरघाट पनि छन्। तर, यी धार्मिक महत्त्वका क्षेत्रको संरक्षण नहुँदा जिर्ण बन्दै गएको परशुराम नागरपलिका–४ परीगाउँका बलबहादुर खत्रीले बताए। यस क्षेत्रलाई प्रचारप्रचार गरी पर्यटक भित्र्याउन सके र्थोपार्जन राम्रो हुने उनको भनाइ छ।

उनले भने, ‘पूर्णागिरि मन्दिरमा बर्सेनि आउने लाखौँ धार्मिक पर्यटकमध्ये एक चौथाइ मात्र परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने प्रदेश सातको मात्रै नभइ मुलुककै समृद्धिमा प्रभाव पर्न सक्छ।’ सरकारी उदासीनताका कारण यो क्षेत्रको आवश्यक प्रवर्द्धन हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ। यस क्षेत्रमा माघे संक्रान्तिको अवसरका भव्य मेला लाग्छ। यसका साथै औँसी, पूर्णिमा र ग्रहण लागेको समयमा समेत भक्तजनहरु स्नान गर्न आउने गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसरी पुग्ने ? डडेल्धुराको सदरमुकामबाट करिब १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको मोटर यात्रापछि धाममा सकिन्छ। धाम करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको छ। धामसम्म पुग्न पर्यटक व्यवसायीहरूले सेवा प्रदान पनि गर्दै आएका छन्। पशुराम धामसम्म पुर्‍याउने गरी प्याकेज तयार गरेको एडभेन्चर होलिडेजका सञ्चालक योगेन्द्र बमले बताए। ‘कञ्चनपुरको वेदकोट ताल, डडेल्धुराको परशुराम र आलीताल, डोटी छतीवन तालसम्म पर्यटक पुर्‍याउने गरी कार्यक्रम ल्याउँदैछौँ।’

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा) का मायाप्रकाश भट्टले माघे संक्रान्तिको अवसरमा पर्यटकलाई सहज हुने गरी ल्याउने र लैजाने व्यवस्था गरिरहेको बताए। स्थानीय सरकारको प्रयास धामको संरक्षण र संवर्धनका लागि पशुराम नगरपालिकाले गुरुयोजना तयार गरिरहेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख नरबहादुर बोहराले बताए। ‘कुन ठाँउमा कस्तो मन्दिर बनाउने भनेर हामी अध्यन गर्दैछौँ,’ उनले भने, ‘केही समयभित्रै नयाँ स्वरूपमा लैजान्छौँ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com