फेरियो नेपालको नयाँ राष्ट्रिय झण्डा


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

प्रमुख राजनीतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झन्डा नयाँ फेरेका छन् ।

युवा संगठनहरुले संविधान दिवसको अवसर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन्। नेकपाका युवा संघ र वाइसिएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराइएको हो।

एक सय फिट अग्लो स्टिलको पोल गाडेर ३० फिट लामो झन्डा फहराइएको छ। यसअघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते सहिद दिवसको अवसर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाइको नेपाली झन्डा राखेको थियो। तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा झन्डोत्तोलन गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com