महानगरपालिकाले न्यूरोडमा ‘स्मार्ट पार्किङ बनाउने


प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।

महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ ।

प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्था सहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाको दाबी छ । भवन निर्माण गर्न कामपाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ ।

सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हँुदा पनि उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ । उक्त भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com