नेपालकै यी भाग्यमानी बाबु छोरी जो पाइलट हुन ! उनीहरु एउटै बिमानको ककपिटमा बाबु–छोरी बसेर उडाए


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

विनोद पुरी सेतो सर्ट र कालो पाइन्टमा सजिएर विमान उडानका लागि हरेक दिन घरबाट निस्कँदै गर्दा कलिलो उमेरकी छोरी नेहा नजिकबाट उनलाई नियाल्थिन्। युनिफर्ममा सजिएका बाबुलाई देख्दादेख्दै नेहाको मनमा सायद छाप बसिसकेको थियो– कुनै दिन आफुपनि पाइलट बन्ने र बाबु जस्तै आकाशमा उड्ने।

सपना लक्ष्य हो र यसलाई पूरा गर्ने माध्यम हो, आत्मविश्वास। लक्ष्य चुम्ने आत्मविश्वास पनि भएका मानिसले आफ्ना सपना पूरा नगरेका सायदै उदाहारण भेटिन्छन्। लक्ष्य र आत्मविश्वास दुबै बोकेकी नेहाले पनि आफ्नो सपना भेट्टाइन, ८ बर्षअघि उनी पाइलट बनिन्।

फिलिपिन्समा एक बर्ष लगाएर पाइलटको तालिम पूरा गरेपछि उनी नेपाल फर्किन र बाबु विनोद कार्यरत अग्नि एयरमै काम सुरु गरिन् २०६७ सालमा। नेपालमा १ सय ५० बढी पाइलट बेरोजगार नै रहेको त्यो समय नयाँले काम पाउनु दुर्लभ नै मानिन्थ्यो। बाबु नै पाइलट भएकाले नेहाका लागि काम पाउन त्यत्ति कठिन भएन। तालिमबाट फर्के लगत्तै उडान भर्ने उनको सपना सार्थक भयो अग्नि एयरबाटै।

मानिसको जीवनमा सायद सबैभन्दा खुसीको क्षण त्यो नै हुन्छ, जब उसले बर्षौंदेखि साँचेको सपना सार्थक हुन्छ। ‘पहिलो पटक विमान उडाउँदाको खुशीले मलाई उन्मत्त बनाएको थियो, मेरो सपना पूरा भएको क्षण थियो त्यो’, नेहा अहिले पनि खुशी हुन बेलाबेला त्यो समयमा फर्किने गर्छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अग्नि एयरमा पाइलटका रुपमा नेहाले व्यावसायिक उडान सुरु गर्दा बाबु विनोद ‘इन्स्ट्रक्टर पाइलट’ थिए। जसको जिम्मेवारी हो, तालिम सकेर आएका नयाँ पुस्ताका पाइलटलाई उडान सिकाउने। नेहा सायद भाग्यमानी थिइन, जसले बाबु विनोदबाटै व्यावसायिक उडानको सुरुवाती तालिम लिन पाइन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com