‘पेटीकोट लगाउँदा साथ पाएँ, कपाल काट्दा गाली खाएँ’मलाई पनि लरक्क कपाल पालेर, राम्री भएर हिँड्न मन थियो !


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

बलात्कारको विरोधमा पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्री सुवेदीले अहिले अर्को बहसमा फसेकी छिन् । उनले तीन दिन अगाडि पत्रकारहरु जम्मा गरेर आफ्नो लामो कपालमा रेजर लगाइन् ।

सांकेतिक विरोधका लागि टाउको मुडुलो बनाएकी सावित्री यतिबेला खिन्न भएकी छिन् । आफ्नो यो ‘साहसिक’ कदममा परिवारदेखि साथीभाइ कसैको पनि समर्थन नपाएको उनको दुखेसो छ ।

‘एउटी केटी मान्छेका लागि कपालको ठूलो महत्व हुन्छ, मैले आफ्नो कपाल खौरेर बलत्कारपीडित समस्त चेलीहरुका लागि बलिदानी गरेकी हुँ,’ उनले भनिन्, ‘तर, समाजले मलाई खराब नजरले हेरिरहेको छ । फेसबुकमा मुडुली र तक्लु भनेर जिस्क्याइरहेका छन् ।’

महिला अधिकारकर्मी सुवेदीले कपाल खौरिने निर्णय लिएपछि आफ्ना साथीहरुसँग प्रस्ताव राखिन् । तर, पेटीकोट प्रर्दशनमा साथ दिएका अन्य युवतीहरुले उनलाई यसमा भने साथ दिएनन् । ‘परिवारले गाली गर्नुहुन्छ भनेर कसैले मानेनन्,’ सुबेदीले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, अरु युवतीहरुले नमाने पनि ४ जना युवाहरुले उनीसँगै कपाल मुन्डन गरेर साथ दिए ।

सरस्वतीलाई आफ्नै परिवारले पनि साथ दिएको छैन । बुवाआमाले फोन गरेर गाली गरिरहेका छन् । सँगै बस्ने दाजु पनि असन्तुष्ट छन् । अहिले घरबाहिर निस्किँदा सरस्वती सलले टाउको छोपेर निस्किन्छिन् । विरोधका लागि मुन्डन गरेको कपाल किन छोपेर हिँड्नुहुन्छ त भन्ने प्रश्नमा सावित्रीले भनिन्, ‘के गर्नु, मानिसहरुले राम्रो दृष्टिकोणले हेर्दैनन् ।’

त्यसो त आन्दोलनको यो शैलीले देशभरका थुप्रै युवतीहरुलाई प्रभावित बनाएको उनको दावी छ । उनी भन्छिन्- ‘मलाई धेरै ठाउँबाट दिदीबहिनीहरुले फोन गरेर आफूहरु पनि कपाल मुन्डन गर्न इच्छुक रहेको बताइरहनुभएको छ र मलाई उपस्थित हुन डाकिरहनु भएको छ ।’

शावित्रीले कपाल मुण्डन आन्दोलनाई व्यापक बनाउन विभिन्न जिल्लामा जान लागेको जानकारी दिइन् ।

उनले भनिन्- ‘मलाई पनि लरक्क परेको लामो कपाल पालेर राम्री भएर हिँड्न मन थियो नि, तर जीवनमरणको आन्दोलनमा होमिएपछि जाबो कपालको के माया ?’

सामाजिक अभियन्ता सुवेदीले बलत्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था नभएसम्म आफूले थरीथरी आन्दोलन गरिरहने बताइन् । ‘अहिले देशको जुनसुकै कुनामा बलात्कार हुनासाथ मलाई फोन आउँछ र म सकभर त्यो ठाउँमा पुग्छु,’ सावित्राले भनिन्, ‘मबाट महिला दिदीबहिनीहरुले धेरै आशा गर्नुभएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com