समाचार विश्लेषण : आईजीपीसँग प्रधानमन्त्री असन्तुष्ट भएकै हुन् त ?


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

– राधाकृष्ण देउजा

नेपाल प्रहरी संगठन प्रति चासो राख्ने भएकोले होला सायद एकजना साथीले मलाइ सोध्नु भयो ‘हैन प्रधानमन्त्री आइजीपीसंग असन्तुष्ट हुनुहुन्छ रे भन्ने समाचार आयो नि ? अव के होला ? वहाँले त आइजीपीको अमेरिका भ्रमण पनि रोकिदिनु भयो रे ?’ अझै निष्कर्षकै शैलीमा भन्नु भयो – ‘हैन हटाउँछन जस्तो छ ‘ वहाँको प्रश्नको सिधा उत्तर त मसँग कहाँ हुने ? तर पनि मेरो निचोड यस्तो छ ।

१. सर्बेन्द्र खनाल अहिले रहनु भएको लोकप्रिय प्रधानमन्त्रीकै अध्यक्षतामा भएको मन्त्रीपरिषदको वैठकको निर्णयले आइजी भएका हुन । प्रधानमन्त्रिय व्यवस्था अनुरुप मन्त्रीपरिषदको बैठक हुने मुलुकमा प्रधानमन्त्रीको चाहना विपरित आइजीपी छनोट भएको थियो होला भनेर अनुमान त गर्न पाइयो तर त्यो अनुमान सत्य र व्यवहारिक देखिँदैन ।

२. केपी ओली प्रधानमन्त्री भैसके पश्चात उच्च पदस्थहरुको विदेश भ्रमणलाइ निजको नेपालमा आवश्यकता र निजको भ्रमणको आवश्यकता औचित्यको राम्रो मुल्याङ्कन गर्दै सदर वा बदर गरिँदै आएको छ । देशको सुरक्षा व्यवस्था कडा र विश्वसनीय बनाइराख्न आइजीपी नेपालमै रहन आवश्यक ठहर गरिनुलाइ आइजीपी प्रतिको असन्तुष्टिको उपज ठान्ने भनेको केपी ओलीको जिम्मेवारी वोधलाइ नबुझ्ने मात्रै नभएर यस अगाडी सम्मानीय केपी ओली निकट मात्रै नभएर नेकपाका हस्तीहरु समेत रहेकाहरुको भ्रमण स्थगित/रद्द गरिएको तथ्यको नजर अन्दाज हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३. अनि देशका कतिपय स्थानहरुमा भएका घटनाहरुमा प्रहरीको भूमिकाले पनि प्रधानमन्त्री आइजीपीसँग रुष्ठ रहेको भन्ने तर्कसम्मत देखिदैन किन कि जुन जुन घटनामा प्रहरीको भूमिका आशातित नभएको समाजले ठान्यो त्यसमा आइजीपीले अपेक्षित भूमिका निर्वाह नगर्नेको बचाउ गरेको छैनन उनीहरु प्रति आइजीपी कडाइका साथ प्रस्तुत भएका छन ।

४. निसन्देह भन्न सकिन्छ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देश र जनताको शान्ती, सुरक्षा , सुख सम्वृद्धि प्रति सचेत मात्रै हैन प्रतिवद्ध छन, त्यसो हुँदा आफ्नो प्रतिवद्धताको क्षेत्रमा उचनिच हुँदा त्यस प्रति चासो राख्नु स्वाभाविक नै हो र देखिएका समस्याको समाधानको कोशिस हुनु पनि अस्वाभाविक हुनेछैन । तर सुरक्षामा केहि समस्याहरु देखिए तुरुन्त आइजीपीले हटाएर भाँडभैलो मच्चाउने काम केपी ओलीबाट हुनेछैन बरु आइजीपीलाइ सँगै लिएर , अनुभवी सुझाव दिएर, प्राविधिक समस्याहरु रहेछन भने त्यसको समाधान गरेर उनि अगाडी बढनेछन र संयुक्त पहलकदमीमा मुलुकमा अझै थप विश्वसनीय सुरक्षा काम हुनेछ ।

५. एमाले र माओवादी मिलेर एउटा पार्टी बनेको अवस्थामा आइजीपीलाइ माओवादी निकट ठान्ने , बुझ्ने र प्रचार गर्ने भनेको त प्रहरीको वर्दी पहिरिने समयसम्म आइजीपी देखि सिपाहींसम्मको निम्ती नेपाल प्रहरी उनीहरुको एक मात्रै पार्टी हुन्छ अनि देश , जनता र प्रहरी संगठनको हित उनीहरुको धर्म भन्ने सत्यलाइ नजरअन्दाज गर्नु हो ।

६. उल्लेखित वाहेक अर्को महत्वपूर्ण कुरो के पनि हो भने अहिले प्रहरी संगठनमा भएको नेतृत्वलाइ असफल पारेर वा भएको देखाएर नेतृत्व हत्याउनु पर्छ भन्ने सोच भएकाहरुको वोलवाला छैन । झन् आइजीपी कथंकदाचित हटदा आइजी बन्न सक्ने संभवाना बोकेकाले त झन अमुर्त आरोपमा आइजीपी हटने कार्य सहन गर्नै सक्ने छैनन , त्यसको निम्ती खेल खेल्ने त टाढाको कुरो ।

लोकप्रिय संचार माध्यमहरुमा आउने समाचारहरु प्राप्त सूचनामै आधारित हुन्छ । आइजीपीसंग प्रधानमन्त्री असन्तुष्ट भन्ने पनि वहाँहरुले पाएको सुचनामै आधारित हुनुपर्छ । तर सुचना सदैव सहि नहुन सक्छ । लाग्छ यसपटक त्यस्तै भएको हुनुपर्छ कि समाचार सुचनामा आधारित तर सूचना अपुरो , अधुरो र असत्य !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com