क्यानडाले २० हजार आप्रवासीका बाआमा र हजुरबाआमालाई ल्याउन दिने


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

क्यानडाका नागरिक वा स्थायी बासिन्दाहरुले सन् २०१९ मा २० हजार बाआमा र हजुरबाआमालाई स्पोन्सर गर्न पाउने भएका छन् । सन् २०१४ मा यो संख्या ५ हजारमात्र रहेकोमा अहिले चारगुणा बढाएर २० हजार बनाइएको हो ।

क्यानडेयिन सरकारको नयाँ घोषणाले बाआमा वा हजुरबाआमा ल्याउनलाई पर्खिरहेका आप्रवासीहरुमा नयाँ आशा थपेको छ । सन् २०१९ सुरु हुनासाथ आवेदन लिन सुरु गर्ने र २० हजार आवेदन पुरा भएपछि थप आवेदन नलिइने क्यानडाका नागरिकता, शरणार्थी तथा अध्यागमन मन्त्री अहमद हुसैनले जनाएका छन् ।

बाआमा वा हजुरबाहजुरआमालाई स्पोन्सर गर्न चाहने आप्रवासीहरुका लागि सन् २०१९ सुरु हुनासाथ अनलाइनमा इन्ट्रेस्ट टु स्पोन्सर फर्म उपलब्ध हुनेछ । उक्त फर्म भरिसकेपछि सरकारले २० हजार आवेदन नपुग्दासम्म स्पोन्सरसिप आवेदन भर्नका लागि निमन्त्रणा दिनेछ । उक्त निमन्त्रणा पाएकाहरुलेमात्र बाआमा वा हजुरबाआमालाई स्पोन्सर गर्न पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानेडियन सरकारले सन् २०२० सम्म बाआमा र हजुरबाआमालाई स्पोन्सर गर्न पाउने संख्या २१ हजार पुर्याउने अपेक्षा गरिएको छ । सन् २०१६ मा १० हजारको लिमिट तोकिएको थियो भने सन् २०१८ मा १७ हजारको लिमिट तोकिएको थियो । १९ बर्ष नाघेका स्थायी बासिन्दा वा क्यानेडिन नागरिकहरुले आफ्ना बाआमा वा हजुरबाआमालाई स्पोन्सर गर्न पाउने नियम रहेको छ । क्यानेडियन इन्डिएन ऐन अनुशार इन्डियनका रुपमा क्यानडामा दर्ता भएको व्यक्तिले समेत स्पोन्सर गर्न पाउने जनाइएको छ ।

इन्ट्रेस्ट टु स्पोन्सर फर्म भरिसकेपछि सरकारले स्पोन्सरसिप आवेदनका लागि निमन्त्रणा दिएपछि स्पोन्सर गर्दा आफ्नै बाआमा वा हजुरबाआमालाई गर्नुपर्ने नियम रहेको छ । उक्त निमन्त्रणालाई श्रीमान् वा श्रीमतिको बाआमा वा हजुरबाआमालाई स्पोन्सर गर्न को साइनरका रुपमा प्रयोग गर्न पाइनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com