एक्स्ट्रा अर्डिनरी स्वीकृत नेपालीलाई अगस्त र सेप्टेम्बरमा ग्रिनकार्ड नदिइने


प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार

रोजगारमा आधारित ईबी वान अर्थात् एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि पहिलोपटक नेपालीका लागि समेत कटअफ डेट जारी गरिएको छ । जसमा कारण एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदन स्वीकृत भइसकेकाहरुले समेत ग्रिनकार्डका लागि लामो समय कुर्नुपर्ने भएको छ ।

नेपालीहरुका सन्दर्भमा सामान्यतया एक्स्ट्रा अर्डिनरी क्याटेगोरीको ग्रिनकार्डका लागि सधै भिसा उपलब्ध हुने गरेकोमा अगस्त र सेप्टेम्बर महिनामा मितिको सिमाबन्दी तोकिएको छ । सेप्टेम्बर महिनामा जुन १, २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुलेमात्र एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड पाउनेछन् । अगस्त महिनामा एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड पाउने नेपालीहरुभने १ मे २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुमात्र रहेका छन् ।

यद्यपी रोजगारमा आधारित एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड फाइल गर्नका लागि भने नेपालीहरुलाई मितिको हदबन्दी लगाइएको छैन । अगस्त महिनामा नेपालीहरुलाई इबी वानका लागिमात्र कटअफ डेट तोकिएकोमा सेप्टेम्बर महिनाका लागि भने ईबी टु र थ्रीका लागि समेत कटअफ डेट तोकिएको छ ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी जुन १, २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएका एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आई १४० स्वीकृत भएका नेपालीहरु खासै नभएकाले अगस्त र सेप्टेम्बर महिनामा नेपालीहरुले एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड नपाउने निश्चित भएको हो । तर नयाँ आवेदन दिनका लागि भने रोक लगाइएको छैन ।

एक्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि दिइने आवेदन आई १४० स्वीकृत भइसकेका र त्यसको आधारमा ग्रिनकार्ड अर्थात् आई ४८५ स्वीकृत भइसकेका नेपालीहरुले नयाँ आर्थिक बर्ष सुरु हुनासाथ आगामी अक्टोबरमा ग्रिनकार्ड पाउने सम्भावना रहेको कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘रोजगारमा आधारित प्रथम श्रेणीका लागि आई ४८५ स्वीकृत भइसकेका, अन्तरवार्ता भइसकेका वा एफबीआई सुरक्षा क्लीयर भइसकेका नेपालीहरुले आगामी अक्टोबरबाट ग्रिनकार्ड पाउने सम्भावना देखिएको छ ।’

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com