थपियो २३ अध्यागमन न्यायाधिस, अध्यागमन न्यायाधिस २०१० यताकै सबैभन्दा धेरै


प्रकाशित मिति : श्रावण ३१, २०७५ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले २३ नयाँ अध्यागमन न्यायाधिसहरु थपेको छ । अब अध्यागमन न्यायाधिसहरुको संख्या ३५१ पुगेको छ । जुन संख्या सन् २०१० यताकै धेरै हो ।

अमेरिकी अध्यागमन अदालती प्रणालीमा बढेको ब्याकलग कम गर्न र देशनिकालाका मुद्दाहरुबारे छिटो फैसला गर्न न्यायाधिसहरुको संख्या थपिएको हो । गत जनवरीको अन्त्ययतामात्र अमेरिकामा ८२ जना अध्यागमन न्यायाधिसहरु थपिएको छ ।

महान्यायाधिवक्ता जेफ सेसनले गतबर्ष अध्यागमन न्यायाधिसको नियुक्तीमा नयाँ योजना ल्याएका थिए । जस अन्तरगत अध्यागमन न्यायाधिसको नियुक्ती प्रकृया छिटो बनाइएको छ । आगामी केही महिनामा थप ७५ जना अध्यागमन न्यायाधिसहरु नियुक्तीका लागि सेसन चलाइने एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

महान्यायाधिवक्ता जेफ सेसनले न्यायाधिसहरु थप्दा अध्यागमन अदालतमा मुद्दाको चाप कम हुने विश्वास व्यक्त गरेका छन् । गहिरो आवेदन प्रकृयापछि सेसनले ती अध्यागमन न्यायाधिसहरुको नियुक्ती गरेका हुन् ।

थपिएका न्यायाधिसबारे यहाँ पढ्न सक्नुहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com