अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिला


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

ट्रम्प प्रशासनले अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिलालाई छनौट गरेको छ । अब अमेरिकी सिमा गस्तीको नेतृत्व कार्ला प्रोभोस्टले गर्ने भएकी छिन् । यसअघि उनी अमेरिकी सिमा गस्तीकी कार्यकारी प्रमुख थिइन् ।

गतबर्षमात्र उनी अमेरिकी सिमा गस्तीकी कार्यकारी प्रमुखमा नियुक्त भएकी थिइन् । सिमा गस्तीको ९४ बर्षको इतिहासमा महिलाले नेतृत्व गरेको यो नै पहिलो पटक हो ।

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनमा कमिश्नर केभिन म्याकलेननले कारलालाई सिमा गस्तीको प्रमुखमा नियुक्त गरिएको घोषणा गरेका हुन् । कमिश्नरले कारला एजेन्टहरुका पनि एजेन्ट रहेको र एजेन्सीका कर्मचारीहरुबाट सम्मान प्राप्त गरेको बताएका छन् ।

गत बर्षदेखि नै कार्यकारी प्रमुख रहेकी कारलाको नियुक्ती अस्वभाविक नभएपनि प्रमुखका रुपमा उनले नियुक्ती लिनुलाई एउटा कोषेढुंगाका रुपमा हेरिएको छ । हाल सिमा गस्तीमा खट्ने महिलाहरुको संख्या ५ प्रतिशतमात्र रहेको छ । जुन अमेरिकाका कुनै पनि संघीय कानुन कार्यान्वयन इकाइमा भएको महिलाको उपस्थीतिमा सबैभन्दा कम हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com