नेपालमा भएका भारू साट्न राष्ट्र बैंकका यस्ता सर्त


प्रकाशित मिति : मंसिर ३, २०७३ शुक्रबार

नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको हो ।

राष्ट्र बैंकले यसका लागि बिहीबार समितिसमेत गठन गरेको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेर आन्तरिक व्यवस्थापनको पूर्वतयारीसमेत सुरु गरेको हो । समितिले शुक्रबारका लागि पहिलो बैठक राखेको छ । सो बैठकले नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने, जाली नोट सटही हुनबाट कसरी रोक्ने र खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्नेजस्ता विषयमा छलफल गरिने डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।

‘भारतले नेपालीसँग भएको वैधानिक भारु सटही गरिदिने अपेक्षाले यसको पूर्वतयारी थालेका हौं, भोलिदेखि नै सटही गनूस् भन्ने जानकारी आयो भने तत्काल सटही थाल्नका लागि तयारी सुरु गरेका हौं,’ डेपुटी गभर्नर शिवाकोटीले भने ।

एकजना नेपालीले हजार र ५ सय दरका २५ हजार भारुबराबरका नोट सटहीका लागि राष्ट्र बैंकले तयारी थालेको छ । यसका लागि नोट सट्ने व्यक्तिले आफ्नो आम्दानीको स्रोत वैध भएको, नोट नक्कली ठहरिएमा त्यसको जिम्मेवारी आफैंले लिने र एउटा बैंकबाट २५ हजार भारुबराबरका हजार र ५ सय दरका नोट साटिसकेपछि पुनः अर्को बैंकमा नोट साट्दिनँ भन्ने घोषणा गर्नुपर्नेजस्ता सर्त राखेर नोट साट्ने व्यवस्था मिलाउन लागिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेपुटी गभर्नर शिवाकोटीको संयोजकत्वमा गठन गरिएको समितिमा विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगाना, बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनकबहादुर अधिकारी, अर्थमन्त्रालयको वित्त व्यवस्थापन महाशाखाका प्रमुख, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाह र विकास बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने सदस्य छन् । समितिले आगामी आइतबारसम्ममा पूर्वतयारी सकेर नोट साट्नका लागि तयारी अवस्थामा रहने गरी काम गर्ने शिवाकोटीले बताए ।

आरबीआईले पनि नेपालमा भएका भारु साट्ने व्यवस्था मिलाउनका लागि वित्त मन्त्रालयका अधिकारीसहितको समिति गठन गरेर तयारी थालेको राजधानीमा खबर छ । मौखिक रूपमा भारतीय प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसहितका उच्च अधिकारीले नेपाली समकक्षीसँग सकारात्मक पहल गर्ने बताए पनि औपचारिक निर्णय भने गरिसकेको छैन । राष्ट्र बैंकले आरबीआईलाई समस्या समाधान गरिदिन पत्राचार गरेको भए पनि अहिलेसम्म त्यसको जवाफ नआएको राष्ट्र बैंकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com