आइसको आक्रमक निशानामा न्युयोर्क, ६५० आप्रवासी पक्राउ, कैयन नेपाली


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

ट्रम्प कार्यकाल सुरु भएयता न्युयोर्कका रहेका कागजपत्रविहिन आप्रवासीहरुबिरुद्ध आइसले कडा रवैया अपनाएको एक रिपोर्टले देखाएको छ । सन् २०१७ को जनवरीमा ट्रम्पले कार्यकाल सुरु गरेयता कोर्ट हाउसबाट गिरफ्तारी, पक्राउमा अनावश्यक बल प्रयोग र पक्रने क्रममा बढोत्तरी भएको रिपोर्टले देखाएको छ ।

सोमबार आइसवाचले सार्वजनिक गरेको एउटा रिपोर्टमा न्युयोर्क राज्यमा ६५० जना आप्रवासीहरु पक्राउ परेको देखाइएको छ । जसमा कैयन नेपालीहरुसमेत रहेका छन् । पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै न्युयोर्क सिटी निवासी रहेका छन् ।

आइसको कोर्ट हाउस गिरफ्तारी सन् २०१६ को तुलनामा १२ सय प्रतिशतले बढेको छ । सन् २०१६ मा जम्मा ११ जनालाई कोर्टहाउसबाट पक्राउ गरिएकोमा सन् २०१७ को ५२३ दिनमा १४४ जनालाई पक्राउ गरिएको छ ।

न्युयोर्क सिटीले कागपत्रविहिन आप्रवासीहरुका लागि संरक्षण प्रदान गर्ने सिटीको रुपमा आफूहरुलाई घोषणा गरेको छ । जस अन्तरगत यहाँको प्रहरीले कुनै व्यक्तिलाई स्थानीय अपराधको सजाय सकिएपछि आइससमक्ष बुझाउँदैन । तर आइसले भने आप्रवासीबिरुद्ध अत्यन्तै आक्रमक कारवाही चलाइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com