गोल्डन बुट र प्रतिष्ठाको लडाइँ (बेल्जियम भर्सेस इंग्ल्याण्डः प्रिभ्यू)


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

विश्वकपमा आज राति पौनै आठ बजे हुने खेल इंग्ल्याण्ड र बेल्जियम दुबै टोलीले खेल्न चाहेका थिएनन् तर सेमिफाइनलमा स्तब्ध बनेपछि उनीहरु विश्वको तेस्रो उत्कृष्ट टोली बन्न प्रतिस्पर्धा गर्दैछन्।

स्वर्णिम पुस्ता मानिएको बेल्जियम र युवा टोली इंग्ल्याण्डले सेमिफाइनल अघि समर्थकको मन जितेका थिए। तर, सेमिफाइनलमा क्रमशः फ्रान्स र क्रोएशियाले उनीहरुका समर्थकलार्इ निराश बनाई दिए।

सन् १९९० पछि पहिलोपटक सेमिफाइनलमा पुगेको इंग्ल्याण्डको युवा टोलीप्रति समर्थकहरुले अन्तिम चारमा पराजित भएपनि सम्मान दर्शाइसकेका छन्। त्यसबेला तेस्रो स्थानका लागि भएको खेलमा इटालीसँग २–१ ले पराजित हुँदै चौथो बनेको इंग्ल्याण्डसामु २८ वर्षपछि पुरानो नतिजालाई उछिन्ने मौका छ।

बेल्जियमको स्वर्णिम पुस्ता सन् २०१४ को विश्वकपमा अर्जेन्टिनासँग र लगत्तै २०१६ को यूरोकपमा वेल्ससँग क्वार्टरफाइनलमा पराजित हुँदै निराश बनेको थियो। यसविश्वकपमा पनि सामुइल उटिटि(फ्रान्स)को हेडर उनीहरुको फाइनल यात्राको तगारो बन्यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेल्जियमको स्वर्णिम पुस्ताको लागि तेस्रो स्थान प्रतिष्ठाको खेल हुनेछ। यसअघि सन् १९८६ मा तेस्रो स्थानका लागि खेलेको बेल्जियम फ्रान्ससँग ४–२ले पराजित हुँदै निराश बनेको छ।बेल्जियमलाई आज उक्त नतिजालाई उछिन्ने मौका छ नत्र उनीहरुसँग यस विश्वकपमा ब्राजिललाई पराजित गर्नु बाहेकको केही सम्झना हुनेछैन्।

प्रशिक्षकका भनाई
यस विश्वकपमा इंग्ल्याण्ड र बेल्जियम दोस्रो चोटी भिड्दैछन्। एउटै समूहका यी टोली समूह जीको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दा बेल्जियमले इंग्ल्याण्डलाई १–०ले पराजित गर्दै पराजित गर्दै समूह विजेता बनेको थियो।

इंग्ल्याण्डका प्रशिक्षक गेराथ साउथगेटलाई क्रोएशियाविरुद्ध सुरुवाती अग्रता लिएपनि सेमिफाइनलको अतिरिक्त समयमा भोग्नुपरेको पराजयले अझै छाडेको छैन्।

उनी भन्छन्, ‘भावनात्मक रुपमा हाम्रा लागि पछिल्ला दिनहरु निकै अप्ठारा रहे तर यी खेलाडीहरु उत्कृष्ट छन्। उनीहरुसँग इच्छा र सामथ्र्य छ। हामी सकरात्मक रुपमा प्रतियोगिता अन्त्य गर्न चाहान्छौं।’

सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि आफूहरुको न्यूनतम लक्ष्य कास्यपदक हासिल गर्नु रहेको भन्दै बेल्जिमका प्रशिक्षक रोबिर्टो मार्टिनाज् इंग्ल्याण्डको सामना गर्न आफूहरु तयार रहेको बताउँछन्।

उनले भने, ‘सेमिफाइनलको पराजयसँगै हाम्रा लागि यो महत्वपूर्ण खेल बनेको छ। जसले पनि देशलाई उपलब्धि दिलाउन चाहान्छ। यो बेल्जियमको उत्कृष्ट टोली हो र उनीहरु प्रदर्शन गर्न तयार छन्।’

गोल्डन बुटको होड
यो खेल तेस्रो स्थानको भिडन्त हुनुका साथै गोल्डनबुुटको भिडन्त पनि हो। इंग्ल्याण्डका कप्तान ह्यारी केन र बेल्जियमका स्ट्राइकर रामेलु लुकाकु उक्त होडमा छन्।

अहिलेसम्म रुस विश्वकपको सर्बाधक गोलकर्ता(६ गोल) इंग्ल्याण्डका ह्यारी केन हुन्। सन् १९८६ पछि इंग्ल्याण्डको पहिलो गोल्डनबुट विजेता बन्ने उनको लक्ष्य छ। त्यसबेला इंग्ल्याण्डका ग्यारी लिनेकेरले ६ गोल गर्दै गोल्डनबुट जितेका थिए। कोलम्बियासँग अन्तिम १६ मा पेनाल्टी मार्फत गोल गर्दै ह्यारीले उनीसँग बराबरी गरिसकेका छन्।

पछिल्ला तीन खेलमा ह्यारीको त्यही एउटा शटले मात्रै जाली चुमेको छ। त्यसयता ४ घन्टा ३३ मिनेट मैदानमा बिताइसकेपनि उनका सट टार्गेटमा नलाग्नुको निराशा उनमा छ। यसअघि नै ह्याट्रिक गरिसकेका केनले बेल्जियमविरुद्ध पुनः ह्याट्रिक गर्न सके १९७० पछि सर्बाधिक गोल(९ गोल) गर्ने खेलाडी उनी बन्नेछन्।

रामेलु लुकाकु ह्यारी केनको गोल्डनबुटको बाटोमा तगारो बनेका खेलाडी हुन्। उनी ४ गोल गर्दै ह्यारीलाई पन्छाइरहेका छन्। यो खेल ह्यारीलाई उछिन्ने उनको अन्तिम मौका हो। तर सुरुवाती दुई खेलमा लगातार दुई खेलमा लगातार दुई गोल गरेपनि यी स्ट्राइकरले पछिल्ला तीन खेलमा गोल गर्न सकेका छैनन्।

पछिल्ला तीन खेलमा गोल गर्न नसकेपनि लुकाकुले मार्टिनिज्को प्रशिक्षकत्वमा २३ खेल खेल्दै २३ गोल गरिसकेका छन्। उनी राष्ट्रिय टोलीबाट चार खेलमा गोलविहीन भएको रेकर्ड छैन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com