अमेरिकी सरकारले बर्मा र लाओसका सरकारी अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकाबाट देशनिकाला हुने बर्मा र लाओसका नागरिकलाई ती देशले फिर्ता लिनमा अमेरिकासँग समन्वय नगरेको भन्दै भिसा प्रतिबन्ध लगाइएको हो ।
जुलाई ९ देखि लागु हुने गरी ती देशका सरकारी अधिकारीहरुलाई अमेरिकी दूतावासले बी वान, बी टु भिसा जारी गर्न छाडेको छ । सरकारी अधिकारीहरुका नजिकका नातेदारहरुले पनि अमेरिकाको भिसा पाउने छैनन् । अन्य सर्वसाधारणलाई भने भिसामा प्रतिबन्ध लगाइएको छैन ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका नागरिकलाई फिर्ता लिन नमान्ने वा समन्वयन नगर्ने देशहरुमाथि अमेरिकाले भिसा प्रतिबन्ध लगाउदै आएको छ । अमेरिकी विदेशमन्त्रीले बर्मा र लाओसका दूतावासहरुलाई भिसा जारी नगर्न निर्देशन दिइसकेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।