गंगामायाका छोरा हत्या आरोपितले गरे आत्मसमर्पण


प्रकाशित मिति : असार २४, २०७५ आईतबार

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका अभियुक्त छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। आत्मसमर्पणपछि पौडेललाई सर्वोच्चले कानुनी प्रक्रिया पुर्‍याएर सदरखोर डिल्लिबजार चलान गरेको छ।

जिल्ला अदालत चितवन र उच्च अदालत हेटौंडाले पौडेललाई साधारण तारिखमा राख्न आदेश दिएपछि सर्वोच्चमा परेको अर्को निवेदनमा पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश भएको थियो।

सर्वोच्चको २०७२ साल पुस ६ गते पौडेललाई थुना आदेश भएको हो। त्यसपछि उनी फरार थिए। आफ्ना छोरा अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारी यतिबेला वीर अस्पतालमा निराहार आमरण अनसनमा छन्।

एसएलसी दिएर चितवनमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न गएका १८ वर्षीय कृष्णप्रसादलाई २०६१ जेठ २४ गते माओवादीले हत्या गरेको थियो। अभियोगपत्रमा मुख्य योजनाकार भनिएका अर्का अभियुक्त रुद्र आचार्यलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी भएको छ। उनी बेलायतमा लुकेर बसेका छन्। आत्मसमर्पण गरेका पौडेलले अब थुनामा रहेर उनीविरुद्ध चलेको मुद्दाको पुर्पक्ष गर्ने छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडेललाई सर्वोच्चका कर्मचारी टेकबहादुर खड्काको जिम्मा लगाएर कारागार पठाइएको थियो। ‘प्रतिवादी छबिलाल पौडेलल सिदा खाई कारागार कार्यालय डिल्लिबजारमा थुनामा बस्नु हुन,’ सर्वोच्चका शाखा अधिकृत अर्जुनप्रसाद आचार्यले पौडेललाई थमाएको प्रसासनिक आदेशमा लेखिएको छ। सर्वोच्चले प्रमाण अनुरुप बुझ्दै जाँदा ठहरे वमोजिम हुने गरी हाललाई थुनामा राख्न पठाएको हो। थुनाको बोधार्थ चितवन जिल्ला अदालतलाईसमेत पठाइएको छ।

छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै अनसनमा बसेका पिता नन्दप्रसाद अधिकारीको अनसनकैक्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो। उनको अहिलेसम्म दाहासंस्कार हुन सकेको छैन।

अभियुक्त पौडेल थुनामा गएपछि गंगामायालाई अनसन त्याग्न आग्रहका लागि केही मानवअधिकारकर्मी आइतबार साँझ वीर अस्पताल पुगेका थिए। ‘गंगामायाले धेरै आग्रहपछि सलाइन्सम्म लिन मानेको अबस्था छ। अभियुक्त पक्राउ परेको अवस्थामा अब हामीले अनसन त्याग्न सम्झाउँछौं,’ गंगामाया बचाऊ आन्दोलनका अभियन्ता रहेका अधिवक्ता ओमप्रकास अर्यालले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com