सङ्कटमा इरानी अर्थतन्त्र, एक डलर बराबर ९० हजार इरानी रियाल


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

बीबीसी । पछिल्लो समय अमेरिकी डलर बलियो भएको छ । यसको कारणले भारत, पाकिस्तान, श्रीलङ्का, इन्डोनेसिया र नेपालका मुद्राहरूको स्थिति राम्रो छैन । तथापि अमेरिकी डलरको बलियो अवस्थाको चपेटामा यी देशका मुद्रा मात्र परेका होइनन् । इरानको मुद्रा रियाल त यो क्रममा पूरै अवमूल्यन भएको छ ।

यसले हाल इरान निक्कै मुस्किल अवस्थामा पुगेको छ । राजधानी तेहरानमा मानिसहरू आफ्नो पसल बन्द गरेर सरकार विरुद्ध प्रदर्शन गर्न थालेका छन् ।

हालको अवस्था हेर्दा इरानी रियाल अमेरिकी डलरको अघि अन्तिम सास लिइरहेको जस्तो देखिन्छ ।

इरानको अर्थशास्त्रीहरूको भनाइमा राष्ट्रपति हसन रुहानीले कुनै निर्णायक कदम उठाएनन् भने अवस्था हातबाट निक्लन सक्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एक डलर बराबर ९० हजार इरानी रियाल

इरानको कालो बजारमा मानिसहरू ९० हजार रियाल दिएर एक अमेरिकी डलर किनिरहेका छन् । पछिल्लो वर्षको यही समयको तुलनामा यो ११० प्रतिशत बढी हो ।

आधिकारिक रूपमा भने एक डलर बराबर ४३ हजार इरानी रियालको भाउ चलिरहेको छ ।

८ मेमा जब अमेरिकाले इरानसँग परमाणु सम्झौता अन्त्य गर्ने घोषणा ग¥यो त्यो बेलादेखि इरानी रियालको मूल्य ४० प्रतिशतसम्म गिरावट आइसकेको छ ।

इरान फेरि अमेरिकी प्रतिबन्धको खतरामा रहेको छ । यो खतराको डरबाट इरानीको पूरा अर्थव्यवस्था र बजारमा भागदौडको स्थिति छ ।

इरानको निर्यात र आयात नकारात्मक हिसाबले प्रभावित हुने अवस्था आएको छ । अल–जजिराको रिपोर्टअनुसार यो हप्ता तेहरानको सेन्ट्रल मार्केटमा पसलेहरूले प्रदर्शन गरे ।

यो बीच इरानको राष्ट्रपति हसन रुहानीले सङ्कटको समयमा इरानीहरूलाई शान्ति र एकता बनाइराख्न आह्वान गरेका छन् । इरानको सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले पनि देशको अर्थव्यवस्था गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन् । उनले अर्थव्यवस्थामा अस्थिरता ल्याउने जो कसैमाथि पनि कडा व्यवहार गर्न सरकारलाई आह्वान गरेका छन् ।

इरानका राष्ट्रपति हसन रुहानीले बजार आफैले मुद्रा विनयम गर्ने प्रचलन विपरीत गएर एक डलर बराबर ४२ हजार रियालको विनियम दर तोके । यसको साथसाथै १०० प्रमुख मुद्रा विनियम गर्ने मनी एक्सचेन्जरलाई गिरफ्तार गरे ।

तिनलाई अलग अलग दरमा रियाल र डलरको भाउ तोकेको आरोप लगाइएको छ । तथापि सरकारको यो कोसिस पनि काम आएन ।

एटलान्टिक काउन्सिलको रिपोर्टअनुसार यस कदमपछि मनी एक्सचेन्जरहरूले डलर बेच्नै बन्द गरिदिए । जब मनी एक्सचेन्जरलाई एक डलरको ४२ हजार रियल लिन बाध्य गरियो, उनीहरूले आफूहरूसँग डलर सकिइसकेको बताए ।

अर्कोतर्फ सरकार आधिकारिक रूपबाट बजारको मागको तुलनामा निक्कै कम डलर आपूर्ति गरिरहेको छ ।

कम ब्याज दर तथा विदेशी मुद्रा सञ्चितिमा कमी

सेन्ट्रल बैङ्क अफ इरानले देशमा १५ % भन्दा कम ब्याजदर राखेको कारण पनि नीतिगत स्तरमा यो असफलता हासिल भएको मानिन्छ ।

आफ्नो मुद्रा डलरमा राख्न चाहनेहरूको सामना गर्नको लागि पछिल्लो वर्ष इरानको बैङ्कले २५ प्रतिशत ब्याजदरको प्रस्तुत गरेको थियो ।

तथापि विशेषज्ञहरूको विश्वासमा हालको सङ्कटको सबैभन्दा ठूलो कारणमा सेन्ट्रल बैङ्कसँग विदेशी मुद्राको सञ्चिति कम हुनु बताएको छ । एकातिर अवस्था यो भए पनि अर्कोतिर इरानी पर्यटकहरूमा डलरको मागमा कुनै कमी आएको छैन ।

अमेरिकाले सम्झौता रद्द गरेको मनोवैज्ञानिक असर
यो सबैको बीच अन्तर्राष्ट्रिय विश्लेषकहरूको विश्वासमा अमेरिकाले ८ मेमा इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि यसको मनोवैज्ञानिक असर विदेशी लगानीकर्ताहरूमा प¥यो ।
मानिसहरूले आफ्नो पुँजी इरानबाट फिर्ता लगेर दुबई र इस्तानबुलमा लगाउन थाले ।
अमेरिकाको पछिल्लो कदमले केही लगानीकर्तामा अमेरिकाले इराकमा गरेको प्रतिबन्ध, तेल जस्ता इन्धनको आयातमा पूर्ण बन्देजपछि अर्को चरणमा सैन्य आक्रमण गर्ने हो कि भन्ने डर पनि बढाएको छ ।

विकल्प के छ ?
इरानभित्रै पनि हसन रुहानीले कुनै ठोस कदम उठाउन् भन्ने आवाज उठिरहेको छ ।

इरानका चर्चित अर्थशास्त्री सइद लायलाजले अल–जजिरासँगको कुराकानीमा भने– “सरकार विदेश जाने इरानीहरूलाई डलर किन्नका लागि अनुदान दिन्छ । यो अनुदान तत्काल अन्त्य गरिनुपर्छ । सरकारको नीतिअनुसार विदेश जाने हरेक इरानी बजारको दरभन्दा आधि मूल्यमा १००० डलर किन्न सक्छन् ।”

सइदले भने, “हरेक वर्ष एक करोडदेखि १ करोड २० लाखको बीचमा इरानीहरू विदेश जान्छन् । उनीहरू १५ अर्बदेखि २० अर्ब डलरसम्म खर्च गर्छन् । यो अनुदानका कारण डलरको माग कहिल्यै कम हुँदैन । म इरानी सरकारले विदेश जाने इरानीहरूलाई रोक्नुपर्छ भन्दिनँ तर सरकारले अनुदान दिन बन्द गर्नुपर्छ । सरकारले यो विषयमा किन कुनै कदम उठाइरहेको छैन, मलाई थाहा छैन ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com