उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु आइरहेका बेला राष्ट्रपति ट्रम्पले यो भनाइ राख्नुभएको हो ।

यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा विभिन्न रुपमा आलोचना भइरहेको छ ।

कतिपय अमेरिकी नागरिकले नै सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताउनुभयो ।

मन्त्रिपरिषद बैठकमा उहाँले उत्तर कोरियाले उसका चारमध्ये एउटा यस्तो शक्तिशाली केन्द्र भत्काइसकेको छ र जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि उसप्रतिको सकारात्मक प्रतिक्रिया आएको छ भन्नुभएको मन्त्रिपरिषदको बैठकलाई उद्धृत गर्दै जनाइएको छ ।

गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिनुभएको समाचार आएको थियो ।

तर उत्तर कोरियाको भनाइको विश्वास पूर्ण रुपमा गर्न नहुने भन्दै अमेरिकी समुदायले नै राष्ट्रपति ट्रम्पको आलोचना गरिआएका छन् ।

उत्तर कोरियाले अमेरिकासहित विश्वका दश देशका पत्रकारलाई नै आमन्त्रण गरी उनीहरुको रोहवरमा उक्त आणविक केन्द्र भत्काएको थियो । तर त्यहाँ कतिवटा यस्ता केन्द्र छन् भन्ने बारेमा भने विज्ञहरुको विचार फरक फरक आएको छ ।

कतिपयले त्यहाँ शक्तिशाली छ वटा यस्ता आणविक केन्द्र भएको बताउँछन् भने केहीले यहाँ यस्ता केन्द्रहरु चारवटा मात्र रहेका बताउने गरेका छन् ।

यसरी उनीहरुका विचारमा आणविक केन्द्र पनि उत्तर कोरियाले सबैजसो नष्ट गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

तर राष्ट्रपति ट्रम्पले भने आफू उत्तर कोरिया पूर्ण रुपमा नै निशस्त्रीकरणमा जाने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ । उहाँले अमेरिकी मन्त्रिपरिषदको बैठकमा पनि सोही जवाफ दिनुभएको बताइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com