नयाँ शक्तिको ७ सदस्यीय हेडक्वार्टर गठन हिसिला बनिन् राष्ट्रिय मामिला संयन्त्र संयोजक


प्रकाशित मिति : असार २, २०७५ शनिबार

नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ ।

हेडक्वार्टरमा पार्टी संयोजक डा. बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी छन् ।

‘दैनिक कार्यसम्पादन सहज बनाउनका लागि कार्यालय टिम बनाइएको हो,’ शुक्रबार काठमाडौंमा बसेको पार्टीको बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘तर, यो कुनै नयाँ मर्यादाक्रम होइन ।’

हेडक्वाटरमा रहेका सबै सदस्यहरु महाधिवशेन आयोजक समितिका सदस्यहरु रहेको पाण्डेले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको नयाँ शक्तिमा अहिले बहुपदीय प्रणालीमा गइसकेको छैन ।

जिम्मेवारी हेरफेर

बैठकले पार्टी प्रवक्ता प्रशान्त सिंहलाई सचिवालयमा थप गरेको छ । त्यसैगरी नेतृ दुर्गा सोबलाई आंगिक संगठनहरुको संयोजन गर्ने जिम्मा दिइएको छ भने भक्तबहादुर शाहलाई उत्पादन तथा स्वरोजगार विभागको जिम्मा दिएको छ ।

डा. भट्टराई पत्नी हिसिला यमीलाई प्रवास प्रदेशबाट राष्ट्रिय मामिला संयन्त्रको संयोजकको जिम्मेवारी दिइएको छ । देवेन्द्र पराजुलीलाई प्रवास प्रदेशको जिम्मा दिएको छ ।

बैठकले किसान संगठनको फ्याक्सन इञ्चार्ज टिकाराम पौडेललाई बनाएको छ ।

महाधिवेशन आयोजक समितिमा नरहेका जिल्ला संयोजकहरुलाई पदेन आमन्त्रित सदस्यको रुपमा महाधिवेशन आयोजक समितिमा थप गर्ने निर्णय पनि गरिएको प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

बैठकले पार्टीका नेताहरु देवी ओझा र केशव दाहालले दिएको राजीनामा स्वीकृत गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com