‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

पार्टी एकतासँगै नेकपाका जनवर्गीय संगठनहरुले पनि एकताका लागि प्रयास थालेका छन्। यसै अन्तर्गत नेकपा आबद्ध सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको बैठक भएको छ।

यसमध्ये प्रेस चौतारी पूर्व एमालेसँग र प्रेस सेन्टर पूर्व माओवादी केन्द्रसँग सम्बन्धित संगठन हुन्। एकता सम्बन्धमा निर्णय गर्न हिजो प्रेस चौतारीले बैठक लगतै आज प्रेस सेन्टरको बैठक भइरहेको छ।

दुबै संगठनले बैठकका लागि चाहिँ आफ्नो पूर्व पार्टीसँग सम्बन्धित होइन, फरक पार्टीको केन्द्रीय कार्यालय प्रयोग गरेका छन्।

पूर्व एमालेसँग आवद्ध प्रेस चौतारीको केन्द्रीय समितिको बैठक बिहीबार पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो भने आज पूर्व एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पूर्व माओवादी केन्द्रसँग सम्बन्धित प्रेस सेन्टरको बैठक बसिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुबै संगठनको बैठक सकिएपछि आज दिउसो नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुबै संगठनको संयुक्त बैठकलाई आज दिउसो धुम्बाराहीमा सम्बोधन गर्ने भएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com