संघीयता कार्यान्वयनमा विश्व बैंकले सघाउने


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालका निम्ति उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा यहाँस्थित उक्त बैंकको जिम्मेवारी सम्हाल्नेक्रममा राजधानीमा रहनुभएका नवनियुक्त देशीय निर्देशक फारिस हादाद जेर्भोसले प्रधानमन्त्री ओलीसँग उहाँकै कार्यकक्षमा आज अपराह्न भएको शिष्टाचार भेटमा त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

संघीयतालाई संस्थागत गर्ने तथा विकासका कार्यक्रम कार्यान्वयनका निम्ति बैंकले नयाँ सहायता ढाँचा तयार पारेको प्रधानमन्त्रीलाई जानकारी दिँदै निर्देशक चिम्याओले लगानीका वातावरणमा सुधार ल्याउन सुदृढ एवं सबल नेतृत्वको अहम् भूमिका हुने बताउनुभयो ।

आजै विश्व बैंकका देशीय निर्देशकद्वय चिम्याओ र जेर्भोसले अर्थमन्त्री युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटेर बजेट वक्तव्यमा उल्लेख भएका रोजगारीका अवसरको सिर्जना, मानव विकास, न्यायपूर्ण विकास र निजी क्षेत्रको सहभागिताको स्वागत गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com