डा. उपेन्द्र देवकोटालार्इ नेपाली सेनाको विमानमा गोरखा लगियो


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ।

स्वास्थ्यमा सामान्य सुधार देखिएपछि डा. देवकोटाले जन्मथलो जाने इच्छा व्यक्त गरेपछि उनलाई शनिबार दिउँसो गोरखा लगिएको हो।

उनले पुर्खौली घरको पिँढीमा बस्ने र सिस्नेधाराको पानी खाने इच्छा व्यक्त गरेका कारण उनलाई गाेरखा लगिएकाे हाे। देवकोटालाई नेपाली सेनाको विमान ‘नाइन एन आरएआइ’ उनको जन्मस्थान गोरखाको लिगलिग स्थित पण्डितगाउँमा लगिएको हो।

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेकाे छ। डा. देवकोटालाई गोरखामा केहीबेर राखेर काठमाडौँ आजै काठमाडौँ ल्याइने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com