कोरियाली भाषा परिक्षा आजदेखि शुरु


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

कोरियाली भाषा परिक्षा आजवाट शुरु भएको छ ।रोजगार अनुमति प्रणाली ईपिएस शाखाले आज र भोली परिक्षा संचालन हुने जनाएको छ ।

शाखाका निर्देशक कृष्णप्रसाद खनालले नवौं इपिएस कोरियन भाषा परिक्षाका लागि आवेदन दिएका ८२ अजार २ सय ३५ जनालाई परिक्षाको व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।

शाखाका अनुसार यस वर्ष काठमाण्डौमा १६ , ललितपुरमा ८ र पोखरामा ४ गरी २८ वटा केन्द्रको व्यवस्था गरिएको छ । दुई सिफ्ट गरेर संचालन गरिने परिक्षा विहान ८ वजेदेखी ११ बजेसम्म र दिउसो १ वजेदेखि ४ बजेसम्म संचालन हुने भएको छ ।

कोरियाले यसपटक नेपाली कामदारका लागि सात हजार एक सय जनाको कोटा निर्धारण गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com