एनआरएनए अमेरिकाको साधारणसभा तथा बिज्ञ सम्मेलनको तयारि पुरा


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

बहु चर्चित   एन आर एन ए आई सि सि अमेरिका क्षेत्रको  विज्ञ भेला तथा  एन आर एन ए एन सि सि यु एस्  ए को सातौँ साधारण सभा यही जुन १६- १७२०१८ मा क्यालिफोर्नियाको   विश्व प्रसिद्द सुन्दर शहर सान फ्रान्सिस्कोमा हुन गईरहेको छ। ग्लोबल नेत्रित्व चयन भए पस्चात हुने यो साध्रण सभामा एन आर एन  आई  सि सि का नव निर्वाचित अध्यक्ष भवन भट्टसंस्थापक अध्यक्ष उपेन्द्र महतोपूर्व अध्यक्ष जीवा लामिछाने लगायत एन आर एन ए उपस्थिती रहने लगायत आ ई सि सि का अन्य  महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती रहने भरपर्दो सुत्रबाट थाह भएको छ। त्यसै गरी पूर्व मन्त्रिहरु रेवाती प्रसाद भुसाल तथा डा प्रकाश चन्द्र लोहनी बिशेष वक्ता तथा बिशिष्ट  अतिथीको रुपमा सहभागी हुनुहुने आई सि सि का अमेरिकाज छेत्रीय सँयोजक गौरी राज जोशिले जानकारी दिनु भयो।

 यो साधारण सभाको बिशेष आकर्षण आई सि सि अमेरिकाज रिजनको आयोजनामा हुने बहु प्रतिक्षित विज्ञ भेला पनि हो। स्किल्स नलेज एनड इनोभेसन सम्मेलन नाम दिईेको यो सम्मेलनमा नेपाल लगायत बिभिन्न देश र अमेरिकाका बिभिन्न क्षेत्रमा कार्यरत एक्पर्टहरुले कार्पपत्र हरु प्रस्तूत गर्ने छन। दुबै कार्यक्रमहरुको संयुक्त उद्घाटन नेपालका सँघीय पर्यटन मन्त्री रबिन्द्र अधिकारीले गर्ने निश्चित भएको आयोजकहरुले वताए। सो अवसरमा नेपालका बरीष्ठ पदाधिकारी तथा अमेरिकाक्यानडा तथा ब्राजिलमा कार्यरत नेपाली विज्ञहरुले नेपालको लागि उपयोगी हुने कार्यपत्रहरु प्रस्तूत गर्ने छन। सो भेलाको लागि निकै उपयोगी कार्यपत्रहरु प्राप्त भएको विज्ञ भेलाका सँयोजक तथा आई सि सि सदस्य  डिल्ली भट्टराईले बताउनु भयो।

एन आर एन ए एन सि सि यु एस् ए को सातौँ साधारण सभा ऐतिहासिक रुपमा भव्यतम हुने विश्वास व्यक्त गर्नु भएको छ। हालै उत्तर क्यालिफोर्निया कार्यरत संघ संस्थाका प्रतिनिधिहरु तथा यस् क्षेत्रका लब्ध प्रतिष्ठित  समाजसेवीहरुलाई एक कन्फेरेन्स कल मार्फत सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो। कार्यक्रमको तयारी सम्बन्धी  अनुगमन गर्ने उद्देश्यले सम्पन्न सो टेली मिटिङमा कन्भेनर द्वय डिल्ली भट्टराईउमा कार्की थापाअनुगमन समितीका सँयोजक बन्धु पोखरेलएन आर एन ए एन सि सि यु एस् का सल्लाहकार उत्तम कार्की लगायत ठुलो सँख्यामा उपस्थिती थियो। सो कार्यक्रमको थप अनुगमन गर्न एक हप्ता भित्र भौतिकरुपमा नै बैठक बस्न लागेको आयोजकहरुले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com