जाजरकोटको बारेकोटमा नून खानी भेटियो


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ।

खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए।

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए। खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड टे«निङ सेन्टर काठमाडौँमा परीक्षण गरिएको थियो।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए। उनले भने, ‘केही दिनमै नून खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु। म सानै हुँदा बारेकोटमा नून खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बारेकोटमा नून निकाल्न सके देशलाई नूनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ। खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने उनले बताए। उनले भने, ‘यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ।

सिंहका अनुसार बारेकोटमा नून खानीमात्र होइन र फलाम खानीसमेत छ। नून र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उनको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com