प्रधानमन्त्री ओलीले प्रदेश १ को सभा बैठकलाई सम्बोधन गर्ने


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को सभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले भोलि प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेकोछ ।

प्रदेश नम्बर एकको आग्रहमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने हुनुभएको हो । उहाँले प्रदेश एकको विकास र समृद्धिका लागि आफ्नो धारण राख्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले प्रदेश नम्बर ३ र प्रदेश नम्बर पाँच मा सम्बोधन गरिसक्नु भएको छ । प्रदेश नम्बर १ को सरकार नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ ।

यसअघि पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक तीन दिन बसेको थियो । प्रदेशसभाको बैठक आज पनि बस्दैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com