उपेन्द्र यादवले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकीकरणको सम्भावना छैन’


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै केही दिनयता नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचार तथा सामाजिक सञ्जालमा गरिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको र ति समाचारमा सत्यता नरहेको स्पष्ट पार्नुभएको हो ।

फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय गरे पनि फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ ।

‘जनतामा गलत सन्देश दिने नियतले प्रचारित प्रायोजित एवं निराधार समाचारमा कुनै सत्यता नरहको स्पष्ट पार्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com