प्रचण्डको घरधनीलाई पनि कारबाही हुन्छ – गृहमन्त्री बादल


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गरिने बताएका छन्।

आज बुधवार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले उक्त कुरा बताएका हुन ।  प्रचण्डको घरधनीले नै समयमा काम पूरा नगरेको उदाहरण दिँदै कारबाही गर्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने भन्दै गृहमन्त्री थापाले त्यस्ता सबैलाई कारबाही हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा नगरेको आरोप लागेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com