मेनपावरले एजेन्टको नाम राखेर विज्ञापन गरे कारबाही


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

मेनपावर कम्पनीले कामदार मागबारेको विज्ञापन गर्दा प्रतिनिधि एजेन्टको सम्पर्क नम्बर र नाम राखेको पाइए कारबाही गरिने भएको छ ।

प्रतिनिधि एजेन्टको अनुमतिपत्र दुई वर्षअघि नै खारेज भइसकेको छ। तर मेनपावर कम्पनीहरुले संचारमाध्यममा रोजगारदाता कम्पनीबाट कामदारको मागबारे विज्ञापन गर्दा प्रत्येक क्षेत्रका प्रतिनिधि एजेन्टको नम्बर र नाम राख्दै आएका छन्।

व्यवसायीकै माग अनुसार एजेन्टहरुको इजाजतपत्र खारेज गरिसकेकाले त्यसो गर्नु अवैध भएको भन्दै वैदेशिक रोजगार विभागले एजेन्टको नम्बर राखेर विज्ञापन गरेको भेटिए मेनपावर कम्पनीको काम तत्काल रोक्का गरिनेसम्मका कारबाही गरिने जनाकारी दिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले विभागलाई दुई वर्षअघि आफ्ना प्रतिनिधि एजेन्ट खारेजी गर्न माग गर्दै पत्राचार गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामदार मागको विज्ञापन गर्दा एजेन्टको सम्पर्क नम्बर र नाम नराख्न मेनपावर व्यवसायीहरुलाई विभागले यसअघि पनि पटक–पटक अपिल गर्दै आएको छ। तर, विभागको आग्रहलाई व्यवसायीले बेवास्ता गर्दै आएका छन्।

अबदेखि मेनपावर कम्पनीले विज्ञापन गर्दा कम्पनी दर्ता गर्दा विभागमा उपलब्ध गराएको सम्पर्क नम्बर वा सञ्चालकको नम्बर राख्नुपर्ने विभागले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com