नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी (विज्ञप्ति पत्रसहित)


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

सुन तस्करी काण्डमा फसेका प्रहरीको बचाउमा बोलेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका तीन पूर्वअधिकारीमाथि कारबाहीको तयारी गरेका छन् ।

राज्यको सेवासुविधा लिएर सुन तस्करलार्इ टेवा पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडिआइजी रमेश खरेल र हेमन्त मल्लमाथि कारबाहीको तयारी गरेका हुन् ।

सुन तस्करीलाई पक्षपोषण गर्ने गरी अभियान संचालन गर्नुका साथै मिडियामा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी समेत गराएका छन् ।

नेपाल प्रहरीका पूर्वएआइजी भण्डारी, पूर्व डिआइजी मल्ल र खरेलले आइतबार संयुक्त रुपमा पत्रकारहरुसँग भेट गरी सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै गृहमन्त्री थापाले आकस्मिक रुपमा प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका हुन् । उनले सुन तस्करी छानबिन प्रभावित पुर्याउने गरी लबिङ गर्ने प्रहरीका पूर्व अधिकारीलाई कारबाही गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निकै असन्तुष्ट बनेका गृह मन्त्रीको निर्देशनमा गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी पूर्वप्रहरी अधिकारीहरुको भनाइको खण्डन गर्दै उनीहरुलाई सचेत समेत गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ -‘अनुसन्धान कार्यका सम्बन्धमा एवं सम्मानित अदालतमा विचाराधीन रहेका कतिपय सम्वेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक भइरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । केही जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्ति र त्यस प्रकारका भ्रामक तथ्यहीन विचार, अभिव्यक्तिबाट अनुसन्धान कार्यलाई गम्भीर असर पर्नसक्ने एवं अपराधीको मनोबल थप बढ्न सक्ने देखिएको तर्फ सरकार सचेत छ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com