पाँच वर्षभित्र रेल कुद्छ, अनि रेल चल्दैन भन्नेहरुलाई फ्रिमा रेल चढाउँछौ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका तल्ला प्रकृयालाई टुङगाउनका लागि आफूहरु लागि परेको बताउनुभएको छ ।

नेकपा मकवानपुरले आयोजना गरेको नेता कार्यकर्ता भेटघाटमा उहाँले एकीकरणको तल्ला प्रक्रियालाई टुङगो लगाउन लागिपरेको बताउँदै पार्टीमा गुट बनाउन नदिने बताउनुएको छ । अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘कम्युनिष्टका दुईवटा धार मिलिसकेपछि पनि किन गुटको आवश्यकता पर्यो ?’

सोही भेटघाट कार्यक्रममा बोल्दै उँहाले पाँच वर्षभित्रमा काठमाडौं–रक्सौल रेलमार्ग बनाएर रेल कुदाएरै छाड्ने पनि बताउनुभयो ।

रेल चल्दैन भन्नेलाई फ्रिमा रेल चढाउने बताउँदै उँहाले भन्नुभयो, ‘एक वर्षमा रेलमार्गको डीपीआर बनाएर सक्छौं, पाँच वर्ष भित्रमा रेल चलाउँछौं । अनि रेल चल्दैन भन्नेहरुलाई त्यो रेलमा टिकट नकाटिकन चढाउनेछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com