क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य सुरु भएको यहाँको संविधानसभाले जानकारी दिएको छ ।

हवानामा शनिबार आयोजना भएको संविधानसभाको एक विशेष अधिवेशनले नयाँ संविधान निर्माण प्रयोजनका लागि एक नयाँ मस्यौदा कार्यदल चयन गरेको छ ।

क्युबाको संविधानसभाका ५७२ जना सदस्यले शनिबार मतदानमार्फत नै ३३ सदस्यीय नयाँ निर्माण मस्यौदा कार्यदल निर्माण गरेको बताइएको छ ।

क्युबाका पूर्वराष्ट्रपति एवम् यहाँको कम्युनिष्ट पार्टीका प्रथम सचिव राउल क्यास्तो यस मस्यौदा कार्यदलका प्रमुखका रुपमा निर्वाचित हुनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो कार्यदलको उपप्रमुखमा क्युबाका राष्ट्रपति माइगेल डियाज क्यानेल निर्वाचित हुनुभएको पनि क्युबाको संविधानसभाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

राष्ट्रपति डियाजले भन्नुभयो, यस कार्यदलले जतिसक्दो चाँडो नयाँ संविधानको मस्यौदा निर्माण गर्छ र यसलाई अन्तिम निर्णयका लागि जनमत संग्रहमा पनि पठाउन सकिने छ ।

क्युबाले गएको सन् २०१० देखि विभिन्न राजनीतिक सुधारका कार्य गरिरहेको छ । राजनीतिमा सुधार र यसका माध्यमबाट दिगो र आर्थिक विकासका विविध प्रयास जारी राखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com