ललितपुर महानगरपालिकाका कर्मचारी घुससहित पक्राउ


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुससहित पक्राउ परेका छन्। घरबहाल कर थोरै तिर्नुपर्ने गरी मिलाइदिने भन्दै घुस लिने खरिदार राजेन्द्र नेमपुललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको हो। उनीसहित विचौलिया कृष्ण बोगटीलाई पनि आयोगले पक्राउ गरेको छ।

स्रोतका अनुसार नेमपुले कर्मचारीले ललितपुरका एक स्थानीयलाई २ लाख ५४ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्ने बताएका थिए। त्यसलाई कम गर्न आग्रह गर्दा उनले ८७ हजार रुपैयाँसम्म मिलाइदिनसकिने तर आफुलाई सहयोग गर्नुपर्ने बताएका थिए। २ लाख ५४ हजार तिनुपर्नेमा ८७ हजार रुपैयाँ मात्र तिर्दा बाँकी रहेको रकममध्ये आधा कर्मचारी र आधा घरधनीलाई फाइदा हुने गरी बिचौलियामार्फत सेटिङ मिलाइएको थियो।

सोही अनुसार आइतबार खरिदार नेमपुलले घुस लिएका थिए। त्यो घुस महानगरपालिकाका ३ कर्मचारीले बाँडेर लिने गरेको उनले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com