रात्री बसमा युवतीलाई बलात्कारको प्रयास गर्ने चालक सहित २ जना पक्राउ


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

विरगंजबाट बाट सुर्खेत जादै गरेको रात्रीबसमा एक युवतीको सामुहिक बलात्कारको प्रयास भएको छ ।

ना ६ ख ७२२७ नम्बरको रात्रीबसमा सुर्खेत जाँदै गरेकी युवतीले बलात्कारको प्रयास हुन थालेपछि प्रहरीलाई सहयोगको लागि फोन गरेकी थिइन् ।

युवतीले फोन गरेर उद्वार गर्न आग्रह गरेपछि आज बिहान साढे ४ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैयामा प्रहरीले बस रोकेर चालक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी यज्ञ प्रसाद भट्टराईले युवतीले रातीमा फोन गरेर यौन दुव्र्यवहारको प्रयास भइरहेको बताएपछि युवतीलाई उद्वार गरेर २ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार बसका चालक अर्विन साह र अर्का बिष्णुकुमार ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ । डिएसपी भट्टराईले युवतीले लिखित निवेदन नदिएको बताउदै निवेदन दिएपछि बलात्कारको प्रयास हो की दुव्र्यवहार मात्र हो भनेर खुल्ने बताए ।

प्रहरी स्रोतका अनुसार युवतीले भने, आफुमाथि बलात्कारको प्रयास भएको बताएकी छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com