स्वास्थ्यमन्त्री भएको पहिलो दिनमै के भने यादवले ?


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

:jf:Yo dGqfnodf cfh kbaxfnLsf ug'{x’Fb} gjlgo’Qm pkk|wfgdGqL tyf :jf:Yo tyf hg;+VofdGqL pk]Gb| ofbj . t:jL/ M /f]zg ;fksf]6f, /f;;

नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्‍याइने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको आर्थिक समृद्धिसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । “गुणस्तरीय स्वास्थ्य सेवा जनतामा कसरी पुर्‍याउने त्यो चुनौतीपूर्ण छ, उपलब्ध स्रोत साधन र जनशक्तिको पूर्ण परिचालन गरी प्रभावकारी ढंगले लक्ष्य हासिल गर्न सबैको सक्रियता चाहिन्छ,” उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा नतिजामुखी परिणाम हासिल गर्न सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसक्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै प्रगति भए पनि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउनु चुनौतीपूर्ण कार्य रहेको भन्दै मन्त्रालयले कुशल नेतृत्व पाएकाले लक्षित कार्यक्रमले साथर्कता पाउने उल्लेख गर्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com