नेपाल पनि अब एकदिवसीय वरियतामा समावेश


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ ।

आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

अब नेपाल र नेदरल्याण्ड्सलाई चार चार खेल खेलेपछि मात्र पूर्ण वरियतामा समावेश गरिने आइसिसीले जनाएको छ । अहिले आइसिसीको वान डे वरियतामा इंगल्याण्ड १२५ अंकका साथ पहिलो स्थानमा छ भने १२२ अंक रहेको भारत दोस्रो स्थानमा छ ।

एशोसिएटतर्फ २८ अंक रहेको स्कटल्याण्ड १३औँ तथा १८ अंकका साथ युएई १४औँ स्थानमा छ । नेदरल्याण्ड्सको १३ अंक छ भने नेपाल अंकविहीन छ । अब नेपाल र नेदरल्याण्ड्सले पूर्ण वरियतामा पर्न एक दिवसीय खेल खेल्नुपर्नेछ । नेपाल र नेदरल्याण्ड्सबीच आगामी अगस्त १ र ३ मा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुने यसअघि नै तय भइसकेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com