बाबुरामले बजेट र अर्थमन्त्रीलाई हनुमानसंग तौलिए


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट प्राथमिकताविहिन आसेपासेलाई प्रश्रय दिने गरि निर्माण भएको टिप्पणी गर्नुभएको छ ।

बजेट माथिको छलफलमा प्रतिनिधि सभामा बोल्दै भट्टराईले दिशाविहीन हिसाबले बजेट आएको बताउँदै ‘रामायणमा हनुमानले बुटी पहिचान गर्न नसकेर विन्ध्याचल पर्वत नै उठाएझैँ’ गरि अर्थमन्त्रीले कुन ठिक कुन बेठीक छुट्याउन नसकेर सगोलमा योजनाको पुलिन्दा बजेटमा ल्याएको बताउनुभयो ।

उहाँले आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com