विश्वकप फुटबलका लागि रसियामा १२ रंगशाला तयार


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

विश्वकप फुटबलको लागि रुसले १२ वटा रंगशाला तयार पारेको छ। रुसले पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको हो।

यहि जेठ ३१ देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालनको लागि रुसले ११ सहरमा १२ रंगशाला तयार पारेको हो। राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विश्वकपको उद्घाटन र समापन खेल गर्ने तयारी छ। यो विश्वकै महंगो रंगशालामा पर्छ।

८० हजार दर्शक क्षमताको यो रंगशाला सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला पनि हो। यो रंगशाला तयारीको लागि रसिया सरकारले चार सय मिलियन डलर अर्थात् ४२ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ। रुसी राष्ट्रिय टिमले प्राय यही रंगशाला प्रयोग गर्दै आएका छन्।

त्यसैगरी काजान एरिना, इकाटेरिनबर्ग एरिना, फिस्ट ओलम्पिक, कालिनीगार्ड, स्पार्टक, समरा एरिना, रोस्टोभ एरिना, मोर्डिभिया एरिना, निम्जी नोभ्गोरोड, सेन्ट पिटर्सवर्ग र भोल्गोग्राड एरिना रंगशालामा विश्वकपका खेलहरु हुनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्येक रंगशालामा कम्तिमा पनि ४ वटा खेल हुने गरी तालिका मिलाइएको छ। जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबलमा विश्वका ३२ राष्ट्रले भाग लिँदैछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com