स्टील र अाल्मुनियममा अमेरिकी करकाे विराेध गर्दै फ्रान्सले भन्याे- ‘अनुचित र खतरनाक’


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

अमेरिकाले युराेपियन राष्ट्रहरूबाट अायात हुने स्टील र अाल्मुनियममा कर लगाएपछि फ्रान्सलगायत युराेपेली देशहरूले विराेध गरेका छन् । फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेएरले अमेरिकाले बिहीबार मध्यरातबाट लागू गरेका ती करहरू “अनुचित र खतरनाक” हुने टिप्पणी गरेका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, “ईयूले अमेरिकाले लगाएको करको जवाफ दिन सबै आवश्यक उपाय अपनाउनेछ।”

युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले कर लागु गर्नेबारे अमेरिकाले लिएको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै ईयूले त्यसविरुद्ध विभिन्न उपायहरू अपनाउने बताएका छन्।

अमेरिकाले करकाे हतियार उठाएपछि उता मेक्सिकोले पनि अमेरिकी स्टील र कृषि उत्पादनकाे अायातमा “उस्तै खाले प्रावधानहरू” लागु गर्ने जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण जनाउँदै गत मार्चमा विदेशबाट आयात गरिने स्टील र अाल्मुनियममा कर लगाउने योजनाको घोषणा गरेका थिए।

बिहीबार अमेरिकाले युरोपेली सङ्घ, मेक्सिको र क्यानडाबाट अायात गरिने स्टील र अाल्मुनियममा करहरू लागु गरेकाे छ ।स्टीलको आयातमा २५ प्रतिशत र अाल्मुनियमको आयातमा १० प्रतिशत कर लगाइएकाे बिहीबार जनाएकाे छ ।

चीनको अगुवाइमा विश्वव्यापी रूपमा नै स्टील र अाल्मुनियमको आपूर्ति बढिरहेको तर्क गर्दै त्यसबाट अमेरिकाका लागि महत्त्वपूर्ण रहेका स्वदेशी स्टील र अाल्मुनियम उत्पादकहरूलाई जोखिमपूर्ण अवस्थामा पुर्‍याएको राष्ट्रपति ट्रम्पकाे भनाइ थियो।

उक्त घोषणायता दक्षिण कोरिया, आर्जेन्टिना, अस्ट्रेलिया र ब्राजिलले कर मिनाहाका बदलामा आफूहरूले अमेरिका निर्यात गर्ने स्टील र अाल्मुनियमको परिमाण सीमा तोक्न सहमति जनाइसकेका छन्।

वार्ता जारी रहँदा अमेरिकाले ईयू, क्यानडा र मेक्सिकोका हकमा अस्थायी रूपमा कर मिनाहा गरिदिएको थियो। त्यस्तो कर मिनाहाको समयसीमा अाज (जुन १ तारिख)सम्म मात्र थियाे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com