ट्यांकरबाट हुने इन्धन चाेरी राेक्न वीरगञ्ज नाकामा पनि लकिङ प्रणाली सुरू


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

एक महिनाअघिदेखि सुरु गरिएको ‘ट्याङकर लकिङ प्रणाली’ रक्सौल–वीरगंज नाकामा पनि कार्यान्वयनमा आएको छ। भारतीय आयल कर्पोरेसनको सहकार्यमा नेपाल अायल निगमले ट्यांकर ढुवानीका क्रममा हुने इन्धन चाेरी तथा चुहावट नियन्त्र गर्न लकिङ प्रणाली सुरू गरेकाे हाे ।

आयाल निगमको क्षेत्रीय डिपो अमलेखगन्जले औपचारिक कार्यक्रम गरी लकिङ प्रणाली प्रारम्भ भएको जानकारी दिएकाे छ। रक्सौलबाट लकिङ गरी वीरगंज भित्रिएको एउटा ट्याङ्करलाई अमलेखगन्जमा ‘रिसिभ’ गरी पोखरा विमानस्थल र थानकोट डिपोको लागि लकिङ प्रणालीमार्फत पठाएर साे प्रणाली सुरूअात भएकाे जानकारी दिइयाे ।

यसअघि ट्रयांकर ढुवानी व्यवसायीकाे मिलेमताेमै बाटाेमै ट्यांकरबाट इन्धन चाेरी हुने गरेका फेला परेकाे थियाे । नयाँ प्रविधिकाे लकिङ प्रणालीले निगमको चुहावट नियन्त्रण गरी घाटा कम गर्ने विश्वास लिइएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले कार्यक्रममा बताए।

कार्यक्रममा बताए तत्कालका लागि वीरगञ्ज नाकाबाट दैनिक रूपमा भित्रिने १२ वटा ट्याङकरमा यो प्रणाली जडान गरिसकेको र बाँकीमा निगमको निर्देशनअनुसार जेठ मसान्तभित्रै साे प्रणाली जडान गर्ने तयारी रहेको निगमकाे क्षेत्रीय कार्यालय अमलेखगन्ज डिपोका प्रबन्धक प्रदीपकुमार यादवले ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुलुककाे सबैभन्दा ठूलाे भन्सा रक्सौल–वीरगंज नाकाबाट ६० प्रतिशत इन्धन ढुवानी हुने गरेकाे छ । करिब साढे तीन सय इन्धन बोक्ने ट्याङ्कर यस नाकाबाट दैनिक भित्रिन्छन् । एक महिनाअघि काकडभित्ता र चारआली नाकाबाट सुरु भएको लकिङ प्रणाली ४० प्रतिशत ट्याङ्करमा जडान भइसकेको निगमले जनाएकाे छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com