आइपीएलमा सबै बलरलाई पछि पार्दै सन्दीप उक्लिए शीर्ष स्थानमा


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

इण्डियन प्रिमियर लिग (आइपीएल)को जारी सिजनमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट इकोनोमीमा बलिङ गर्ने खेलाडीको सुचिको शीर्ष स्थानमा उक्लिएका छन्।

शुक्रबार राति चेन्नई सुपरकिंग्सविरुद्ध आइपीएलमा आफ्नो दोस्रो खेल खेलेका सन्दीप आइपीएलका सबै बलरलाई पछि पार्दै उत्कृष्ट इकोनोमीका साथ शीर्ष स्थानमा उक्लिएका हुन्।

दुवै खेलमा ८ ओभर बलिङ गरेका सन्दीपले ४६ रनमात्रै खर्चेर २ विकेट लिएका थिए। उनको इकोनोमी ५.७५ को मात्रै छ।

बलरहरुले उनीहरुले खर्चेको रनको अाधारमा इकोनोमी रेट निकालिन्छ। कम रन खर्चदै प्रभावशाली बलिङ गर्ने खेलाडीहरु शीर्षस्थानमा पर्छन्। बलरहरुको उत्कृष्टताको मापन गर्ने एक मुख्य अौजार उनीहरुको इकोनोमी रेट हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीसँगै उत्कृष्ट इकोनोमीको सुचिमा राजस्थान रोयल्सबाट खेलिरहेका न्यूजिल्याण्डका इशा सोधी दोस्रो स्थानमा छन्। उनको १५ ओभर बलिङ गरेका उनको इकोनोमी ५.९३ को छ। उनले ४ विकेट लिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com