ओली र प्रचण्डलाई छुट्टै कुर्सी छैनन् धुम्बाराही र पेरिसडाँडामा


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

धुम्बाराहीस्थित पूर्व एमालेको केन्द्रीय कार्यालय र पेरिसडाँडास्थित पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेरमै पुग्दैछन्। ओली र प्रचण्ड धुम्बाराही र पेरिसडाँडा क्रमशः अपरान्ह ४ र ५ बजे पुग्ने कार्यक्रम छ।

धुम्बाराही र पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई नै नवस्थापित नेकपाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेका छन्। त्यसो भए पहिलोपटक सँगै दुबै नेता आज धुम्बाराही र पेरिसडाँडास्थित पुग्दा कहाँ कहाँ बस्लान् त?

एमाले स्रोतका अनुसार धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको छुट्टै कार्यालय छ। र, त्यहाँ केही सोफा राखिएका छन्। प्रचण्डलाई लिएर धुम्बाराही पुग्दा यदि ओली अध्यक्षको कार्यकक्षमा पसे भने उनी आफ्नो पूर्ववत कुर्सीमा बस्नेछन् भने प्रचण्डचाहिँ सोफामा।

यस्तै स्थिति पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको पनि छ। त्यहाँपनि अध्यक्ष प्रचण्डको छुट्टै कार्यकक्ष छ र केही सोफा छन्। तर, ओली प्रचण्डका लागि त्यहाँ बस्ने व्यवस्थाचाहिँ आजको लागि गरिएको छैन। आजका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशी राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिहरु आउँदा भेटघाट र छलफलका लागि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा एउटा छुट्टै कोठा छ। पेरिसडाँडा स्रोतले भन्यो, ‘दुबै नेताहरु त्यहाँ केही समय बस्ने हुनुभयो भने त्यही कक्षमा बस्ने व्यवस्था मिलाइएको छ।’

यद्यपी आजको कार्यक्रम दुबै अध्यक्षले पूर्व एमाले र माओवादी केन्द्रका कार्यालयहरुको भ्रमण गर्ने हो, जहाँ दुबै अध्यक्षले एक अर्कालाई केन्द्रीय कार्यालयको स्थिति, जनशक्ति र भौतिक स्थितिबारे जानकारी गराउनेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com