दलित विद्यार्थीलाई भर्ना लिन नमानेपछि ‘गुरुकुल’ संस्कृत विद्यालयमा तालाबन्दी


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

दलित विद्यार्थीलाई शिक्षामा जातीय विभेद गरेको भन्दै झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरेका छन् । शिक्षामा जातीय विभेद गरेको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले गुरुकुलमा तालाबन्दी गरेको हो।

संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीका अनुसार इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोलीलाई गुरुकुलले भर्ना गर्न नमानेपछि नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले बिहिबार गुरुकुलमा तालाबन्दी गरेको गर्न बाध्य भएको हो ।

‘गुरुकुलले दलित विद्यार्थी भर्ना लिन नमानेपछि जातीय विभेदको निष्कर्ष निकाल्दै तालाबन्दी गरेका हौँ’, उनले भने – ‘गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्ष निकाल्दै विभिन्न संघ संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो ।’ अध्यक्ष मंग्रातीका अनुसार विद्यार्थी संगठन र गुरुकुलका व्यवस्थापन पक्षबीच विद्यार्थी भर्ना गराउन छलफल भएको थियो । छलफलमा विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियुका प्रतिनिधि सहभागी थिए।

गुरुकूल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिएका छन् । उनले विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको बताए । समाधान निकाल्न छलफल गरिएपनि अध्यक्ष चापागाईले विभिन्न तर्क गर्दै भर्ना लिन नसकिने संकेत गरे । उनले दलित विद्यार्थीलाई यहाँ पठन पाठनका लागि वातावरण बनाइएपनि सामाजिक रुपमा स्वीकार्य नहुने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com