पुटिनले गरे युरोपकै लामो क्रिमिया पुलको उद्घाटन


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

सन् २०१४ मा क्रिमियालाई रुसमा गाभेपछि सो स्थानलाई रुससँग जोड्न निर्माण गरिएको पुलको राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेका छन्। फेबुअरी २०१६ बाट निर्माण सुरु गरिएको १९ किलोमिटर लामो सो पुल तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माणसम्पन्न भएको हो।

पुटिन आफैँले सो पुलमा ट्रक हाँकेर उद्घाटन गरेका हुन्। पुलले क्रिमियालाई रुसको क्रास्नादोव क्षेत्रसँग जोड्नेछ।

सो पुलको क्षमता दैनिक ४० हजार कार र ४७ जोडा रेल दौडनसक्ने रहेको जनाइएको छ। पुलको रेलमार्ग भने २०१९ मा खोलिनेछ।

करिब पौने ४ अर्ब डलरको लागतमा तयार भएको पुल युरोपकै सबैभन्दा लामो हुने जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि युक्रेनले नाकाबान्दी गरेपछि क्रिमियामा जलमार्गबाट मात्रै आपूर्तिको व्यवस्था हुँदै आएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com