हिमालको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँछौँः मन्त्री मगर


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

खानेपानी मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्ने गरी कार्ययोजना बनिरहेको बताएकी छन्।

मन्त्री मगरले ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आयोजित लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत तल्लो दोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

उनले स्वच्छ खानेपानीमा नागरिकको पहुँच सहज बनाउन देशैभरि सम्भावना खोजिने बताउनुभयो । खानेपानीका थुप्रै सम्भावना भएपनि सरकार अहिलेसम्म सम्भावना पहिचानमा चुकेको बताइन्।

‘गृहिणी दिदीबहिनीले खानेपानी जुटाउन धेरै दुःख गर्नुपरेको छ,’ उनले भनिन्, ‘मन्त्रालयले खानेपानीमा सहज पहुँचका लागि योजना बनाइरहेको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खानेपानीमा सहज पहुँचका साथै नेपाली हिमालको पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने र पानी उद्योगमा युवालाई संलग्न गराउने योजना समेत बनिरहेको मन्त्री मगरले बताइन्। ‘हिमालबाट बगेर उत्पादन भएको पानीको माग अन्तर्राष्ट्रिय बजारमा धेरै छ,’ उनले भनिन्, ‘पानी उद्योगबाट रोजगारी सिर्जना गरेर आयआर्जन गर्न सकिन्छ।’

खानेपानी वितरणका लागि उपभोक्ता संस्थाले गरिरहेको प्रयासको प्रशंसा गर्दै मन्त्री मगरले संस्थाको योजना पूरा गर्न मन्त्रालयले सहयोग गर्ने आश्वासन दिइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com