प्रधानमन्त्री ओलीले थप ४ वटा हवाई रुटकाे माग गर्दा माेदी फेरि पनि माैन रहे !


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

लामाे समयदेखि भारतसँग पेचिलाे विषय बन्दै अाएकाे हवार्इ रूटबारे प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीसामु पुनः कुरा राखेका छन् । यद्यपि भारतीय प्रम नरेन्द्र मोदी भने यस विषयमा फेरि पनि माैन छन् ।

माेदी नेपाल भ्रमणका क्रममा काठमाडाैं रहँदा शुक्रबार द्विपक्षीय भेटवार्तापछि अायाेजित संयुक्त पत्रकार सम्मेलनमा प्रम अाेलीले थप ४ वटा अन्तर्राष्ट्रिय हवाई रुट नेपाललार्इ दिन आग्रह गरेका थिए ।

‘मेरो भारत भ्रमणका क्रममा भएको छलफल अनुसार भारतले थप चारवटा एयर रूट प्रदान गर्नेमा विश्वस्त छु,’ अोलीले पत्रकार सम्मेलनमा भने। तर एकै मञ्चमा उभिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अाफ्नाे सम्बाेधनमा यसकाे जवाफ दिएनन्, मौन नै रहे।

त्यसअघि शुक्रबारै दिउँसाे जनकपुरमा भारतीय प्रम माेदीले जल, जमिन, रेल, सडक यातायात र ट्रान्समिसन लाइनकाे विस्तार तथा विकासमा दुर्इ देशकाे साझेदारी रहनेबारे भाषण गरेका थिए । तर त्यहाँ पनि उनले हवार्इ रूटबारे कुनै कुरा उठाएनन् । भारतबाट नेपाल प्रवेश गर्ने विमानहरुलाई एउटा मात्र रुट भारतले दिएको छ। नेपालले भने थप रुटको पनि माग गर्दै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेर्नुहाेस् :

जल, रेल, विद्युत लगायत ‘फाइभ-टी’काे नारा दिएका माेदीले ‘हवार्इ रूट’काे कुराे बिर्सिए

द्विपक्षीय भेटवार्तापछि शुक्रबार साँझ काठमाडौँको द्वारिकाज होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारतसँग अन्तर्राष्ट्रिय विमानहरुलाई नेपाल प्रवेश गर्ने थप चार वटा रुट प्रदान गर्न आग्रह गरेको जानकारी दिए । अाफ्नाे मागलार्इ भारतले गम्भिरतापूर्वक लिने आशा गरेको उनकाे भनाइ थियाे।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले ऊर्जाको व्यापारका लागि अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण हुने र अरूण तेस्राे जलविद्युत अायाेजना चाँडै सम्पन्न हुने पनि बताए । शुक्रबारै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरूण तेस्राेकाे शिलान्यास गरेका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com