कुवेतमा एक नेपालीको मृत्यु


प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार

कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत नरेश बैठाको मृत्यु भएको छ । सर्लाहीको डुमरिया ९ का बैठा ६ महिनादेखि कन्स्ट्रक्सन हेल्परका रुपमा त्यस कम्पनीमा कार्यरत थिए ।

सहकर्मीका अनुसार उनी केही दिनेदेखि बिरामी रहेको र बुधबार कम्पनीको क्याम्पमा बिहान २ बजेदेखि रगत बान्ता गरेका थिए । अस्पताल पुर्‍याउँदा उनको निधन भएको कम्पनीका एचआर म्यानेजर याङले जानकारी गराएका छन् ।

बैठाको शव जाहारा अस्पतालमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको छ । घटनाबारे नेपाली दूतावासमा जानकारी आएको र थप जानकारी लिने काम भइरहेको प्रथम सचिव भोगेन्द्र लिङदेनले जानकारी दिनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com